(१) अधिकृत पूँजी (Authorised Capital):
कम्पनीको अधिकृत पूँजी रु.२,८५,००,००,०००/–(दुई अर्ब पचासी करोड) हुनेछ । सो पूंजीलाई प्रति शेयर रु.१००/–का दरका २,८५,००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।
(२) जारी पूँजी (Issued Capital):
कम्पनीको जारी पूँजी रु.२,८५,००,००,०००/–(दुई अर्ब पचासी करोड) हुनेछ । सो पूंजीलाई प्रति शेयर रु.१००/–का दरका २,८५,००,००० थान साधारण शेयरमा विभाजन गरिएको छ ।
(३) चुक्ता पूँजी (Paid up Capital):
कम्पनीको हालको चुक्ता पूँजी रु.१,९९,५०,००,०००/–( रु. एक अर्ब उनान्सय करोड पचास लाख) रहेको छ । सर्वसाधारणको लागि छुट्ट्याइएको रु. १००/– का दरले ८५,५०,००० कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी रु.२,८५,००,००,०००/–(दुई अर्ब पचासी करोड) हुनेछ ।


